१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


आगो ताप्ने क्रममा जलेर मृत्यु


13
Shares

अर्घाखाँची । अर्घाखाँचीमा एक जनाको जलेर मृत्यु भएको छ । जाडोमा आगो ताप्ने क्रममा जलेर उनेको मृत्यु भएको हो ।

पाणिनी गाउँपालिका पोखराथोककी पुतली नेपालीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।

फलामको चुलोमा आगो ताप्दै गर्दा उनको कपडामा आगो सल्किएको थियो ।