Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध


0
Shares

काठमाडौं । अर्जेन्टिनाका फुटबल क्याप्टेन लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाएको हो ।

कोपा अमेरिकी फुटबलमा भ्रष्टाचार रहेको आरोप लगाएपछि मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको हो ।

३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भीर आरोप लगाएका थिए ।

उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिनसमेत अस्वीकार गरेका थिए ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो । महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ ।

महासंघले गरेको निर्णयविरुद्ध मेसीलाई पुनरावलोकनका लागि ७ दिनको समय दिइएको छ ।

प्रतिबन्धसँगै मेसीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउने छन् ।