
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका स्थित तोक्पेगोलामा दैनिक उपभोग्य सामग्री खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
स्थानीयले दैनिक १० घण्टा लगाएर खाद्यान्नलगायतका सामग्री खच्चडमा ढुवानी गर्दै आएका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सञ्चारबाट समेत बञ्चित रहेको यो बस्तीमा यातायातको सुविधाको कल्पना गर्नै सकिन्न ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेका तोप्केगोलामा ३० घरको मात्र बस्ती रहेको छ ।
जिल्ला सदरमुकाम देखि ४ घण्टाको सवारी यात्रा पछि १० घण्टा हिँडेर यो बस्तीमा पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्