नेकपा अध्यक्षद्वयको आरोप प्रत्यारोप- दुवै अध्यक्षको प्रतिवेदन खारेजीको तयारी « Image Khabar


नेकपा अध्यक्षद्वयको आरोप प्रत्यारोप- दुवै अध्यक्षको प्रतिवेदन खारेजीको तयारी


Imagekhabar
१५ मंसिर २०७७, सोमबार १०:०७

काठमाडौं । नेकपाका अध्यक्षद्वयले आरोप प्रत्यारोपमा उत्रिएर सचिवालय बैठकमा लिखित रुपमा सवाल जवाफ गरेपछि अब कसरी अघि बढ्ने भन्ने अन्योल बढेको छ ।

अध्यक्षद्वयले सचिवालय बैठकमा आरोप प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव पेश गरेर भोलीसम्मका लागि बैठक स्थगित गरेर आ आफ्नै तयारीमा जुटेका छन् ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव पेश गरेपछि ओलीले १३ गतेको बैठकमा पत्रको जवाफसहितको प्रस्ताव पेश गर्नुभएको थियो ।

दाहालले बैठकमा पेश गरेको प्रस्ताव फिर्ता गराउन पटक पटक भएका प्रयास असफल भएपछि ओलीले जवाफी प्रस्ताव पेश गर्नुभएको हो ।

दुवै अध्यक्षका आरोप प्रत्यारोप बैठकमा पेश भएसँगै आगामी रणनीतिबारे दोस्रो तहका नेताहरुले गृहकार्य थालेका छन् ।

उनीहरुले दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर नयाँ प्रतिवेदनसहित छलफल अघि बढाउनेबारे गृहकार्य गरीरहेको नेताहरुले बताएका छन् ।

उनीहरुले आगामी बैठकमा दुवै प्रतिवदेनमाथि छलफल हुने बताएका छन् ।

तर ओली पक्षको यसअघि भदौ २६ गतेको निर्णयका आधारमा नयाँ प्रतिवेदन बनाउनुपर्ने अडान छ भने दाहाल पक्षले संयुक्त प्रतिवदेन आउने सम्भावना नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्