कपनबाट चोरिका दुईवटा गाडी नियन्त्रणमा « Image Khabar


कपनबाट चोरिका दुईवटा गाडी नियन्त्रणमा


Imagekhabar
१४ मंसिर २०७७, आईतवार १४:३५

काठमाडौं, मंसिर १४ । महानगरिय अपराध महाशाखाले भन्सार छली ल्याएको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपा बाटं होण्डा कार नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

नेपाली बजार मूल्य अनुसार टोयोटा फर्च्युनर को १ करोड ७० लाख र होण्डा कारको ५५ लाख मूल्य पर्दछ ।

यी कार भन्सार छली गरेर ल्याइएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।

त्यसै गरि अपराध महाशाखाको टोलिले सुन तस्करी गरेको आरोपमा रामेछाप घर भएका गङ्गा बहादुर थापा मगर र तस्करी गरेको सुन किन्ने काठमाडौको कोटेश्वरमा सुन चादी ब्यवसाय गर्दै आएका तेह्रथुमका कुमार सेन्चुरी लाई पनि पक्राउ गरेको महाशाखा प्रमुख थापाले बताउनु भयो ।

प्रहरीले पक्राउ परेका गङ्गा बहादुरको साथ बाट ११ लाख रुपैया र खरिदकर्ता सेन्च्युरी को पसलबाट १ सय ५० ग्राम सुन बरामद गरोको छ ।

प्रतिक्रिया दिनुहोस्