कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक : मन्त्री भुसाल « Image Khabar


कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक : मन्त्री भुसाल


इमेजखबर
१३ मंसिर २०७७, शनिबार १९:५३

minister ghanashyam bhusal KP oli Pushpakamal dahal

चितवन, मंसिर १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनुभएको छ ।

कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

वैदेशिक सहयोगमा थामिएको कृषि क्षेत्रलाई खुला बजारमा छाडिदिएका कारण ध्वस्त भएको भन्दै उहाँले अब नयाँ व्यवस्था ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नयाँ व्यवस्थाका लागि मन्त्रालयले पाँचओटा नीति अगाडि बढाएको तर कोरोना संक्रमणका कारण रोकिन पुगेको मन्त्री भुसालको भनाइ छ ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालद्वारा शनिबार चितवनको सौराहामा आयोजित दूध उत्पादन तथा बजारीकरणसम्बन्धी छलफमा मन्त्री भुसालले किसानले उत्पादन गरेका दूध फाल्न नपर्ने वातावरण बनाउन सरकार लागिपरेको बताउनुभयो ।

कोरोनाका कारण केही समस्या भएपनि किसानलाई नआत्तिन उहाँको आग्रह छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले उत्पादन बढाउन प्रोत्साहन गर्ने सरकारले बजारीकरणमा भने सहयोग नगरीदिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्