Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, सर्वदलीय बैठकमा आ–आफ्नै अडान


0
Shares

काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख कृष्णबहादुर महराको पहलमा संसद भवनमा बिहीबार सर्वदलीय बैठक बसेको थियो ।

बैठकले सहमतिका लागि पहल गर्ने भए सूचना टाँस गरी बैठक स्थगित गर्न सुझाव दिएपछि प्रतिनिधिसभाको बैठक आउँदो सोमबार बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठकमा सत्तारुढ र विपक्षी दलहरु आ–आफ्नै अडानमा अडिग रहे ।

कांग्रेस र राजपाले नेत्रविक्रम चन्द नेतृत्वको समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’सम्बन्धी घटना छानबिनका लागि संसदीय समिति बनाउन माग गरिरहेका छन् ।

सत्तारुढ दल नेकपाले भने राज्य व्यवस्था समितिमार्फत् नै यो विषयको टुंगो लगाउनुपर्ने भन्दै संसदीय समिति बनाउन अस्वीकार गर्दै आएको छ ।