Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


टोटनह्याम हट्सपरले जित्यो मैत्रिपूर्ण औडी कपको उपाधि


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर क्लब टोटनह्याम हट्सपरले प्रि–सिजनको मैत्रिपूर्ण औडी कप फुटबलको उपाधि जितेको छ ।

गएराती जर्मनीको म्युनिखमा भएको खेलमा घरेलु टोली बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटनह्यामले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा ५–५ गोलको बराबरी भएपछि सडन डेथमा टोटनह्याम विजयी भयो ।

निर्धारित समयको खेलमा टोटनह्यामका लागि एरिक लामेला र क्रिस्चियन एरिक्सनले एक एक गोल गरे । बायर्न म्युनिखका यान फिएट आर्प र अल्फोन्सो डेभिसले दुई गोल फर्काए ।

उता टर्कीको फेनरबाचेलाई ५–३ ले हराउँदै स्पेनको रियाल मड्रिडले औडि कप फुटबलको तेस्रो स्थान हात पारेको छ ।