काठमाडौं, साउन १५ । ‘तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन’ यही साउन ३० गते हुने भएको छ ।
‘साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने विषयलाई आत्मसात् गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक सिन्धुपाल्चोक थाङपालधाप खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा तीन विभागीय क्लबका र व्यक्तिगत गरी करिब १५५ खेलाडीले भाग लिने बताइएको छ ।
पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने सो प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले २० हजार, चौथोले १० हजार र पाँचौं हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यसैगरी, सिन्धुपाल्चोकबाट सहभागिता जनाउने खेलाडीमध्ये पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार तथा तेस्रोले पाँच हजार रुपैयाँ जित्नेछन् ।
सन् २०२० को नेपाल भ्रमण वर्षलाई सघाउन पाँचपोखरी १०० नयाँ पर्यटकीय गन्तव्यहरुमध्येमा पर्न सफल भएको सन्दर्भ पारेर पाँचपोखरीलाई चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्