काठमाडौँ । नवोदित कलेजको आयोजनामा अन्तर कलेज स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ ।
सामाखुशीमा अवस्थित यस कलेजले साउन १६ र १७ गते उपत्यकाका विभिन्न कलेज सहभागी गराई फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा उपत्यका भित्रका साउथ वेष्टन, हेराल्ड, तक्षशिला, रेडन, पासाङ ल्हामु सहित ३० भन्दा वढी कलेजको सहभागिता रहने कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा वि.स २०७५ को एसईई परीक्षा उर्तिर्ण, कक्षा १२ नियमित अध्ययन गर्ने र भर्खरै १२ कक्षा उर्तिण विद्याथीहरुले भाग लिन पाउनेछन् ।
सामाखुशी फुटसलमा आयोजना हुने उक्त प्रतियोगिता विहान ९ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई रु ६१ हजार नगद, मेडल र ट्रफि, दोस्रो पुरस्कार रु ३५ हजार मेडल र ट्रफि र उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजारबाट प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने कलेजले रु ६ हजार टिम दर्ता शुल्क वापत बुझाउनुपर्नेछ ।
अध्यनका अलवा विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आएको यस कलेजले विद्यार्थीलाई खेलकुद क्षेत्रमा आकर्षण गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्