Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


ह्यारी केनको निर्णायक गोलले टोटनह्याम हट्सपर विजयी


0
Shares

काठमाडौं । प्रि–सिजनको खेलमा इङ्लिस क्लब टोटनह्याम हट्सपरले स्पेनको रियाल मड्रिडलाई पराजित गरेको छ ।

जर्मनीको म्युनिखमा जारी औडी कप फुटबलअन्तर्गत गएराति भएको सेमिफाइनलमा टोटनह्यामले रियाल मड्रिडलाई १–० ले हरायो ।

टोटनह्यामका लागि ह्यारी केनले निर्णायक गोल गरे । टोटनह्यामले अब औडी कप फुटबलको उपाधिका लागि आयोजक बायर्न म्युनिखसँग खेल्नेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा टर्कीको फेनरबाचेलाई ६–१ ले हराउँदै बायर्न म्युनिख फाइनलमा पुगेको हो ।

फेनरबाचे विरुद्धको खेलमा बायर्नलाई विजयी गराउन थोमस मुलरले ह्याट्रिक गर्दा रेनाटो सान्चेज, लियोन गोरेत्ज्का र किङ्ग्सले कोम्यानले एक–एक गोल गरे ।