बजेटको चौमासिक समिक्षा गर्दै अर्थमन्त्रालय « Image Khabar


बजेटको चौमासिक समिक्षा गर्दै अर्थमन्त्रालय


Imagekhabar
९ मंसिर २०७७, मंगलवार १८:२८

काठमाडौं, मंसिर ९ । चालु आर्थिक वर्षको पहिलो चौमासिक पछि अर्थमन्त्रालयले चौमासिक समिक्षा थालेको छ ।

हालसम्म ऊर्जा, भौतिक पुर्वाधार, कृषी, खानेपानी, पर्यटन, उद्योग गरि ६ वटा विकासे मन्त्रालयको समिक्षा सकिसकेको अर्थमन्त्रालयले बताएको छ ।

पहिलो चौमासिकमा विभिन्न आयोजना तथा परियोजना तथा कार्यक्रमको कार्यविधि र निर्देशिका बनाएपछि मात्रै कार्यान्वयनको चरणमा लौजाने गरिन्छ ।

मन्त्रायलयले त्यस्ता कार्यविधि बनेपछि आर्थिक क्रियाकलापमा सहयोग पु¥याउन कार्यविधीमा आवाश्यक बजेट व्यवस्थापन तथा सहजीकरणको काम गर्ने गर्छ ।

तर यस वर्ष कोभिड १९ भन्दा पनि अघिल्ला वर्षहरुमा झै परम्परागत समस्या देखाँउदै आयोजनाको काममा तिव्रता आउन नसकेको अर्थमन्त्रालयले जनाएको छ ।

यस वर्षको चौमासिक समिक्षा अनुसार विभिन्न ठुला आयोजनामा निर्माण सामग्रीको समस्या, जग्गा प्राप्तीकै समस्या, वनको समस्या लगायतका समस्या देखाईरहेका बजेट महाशाखाका प्रमुख धनीराम शर्माले बताउनुभयो ।

विकास खर्च बढाउने र महत्वपुर्ण आयोजनामा विदेशी कामदारको समस्या बाहेक कोभिडको महामारी भन्दा पनि परम्परागत समस्याकै कारण आयोजना अघि नबढेको शर्माले बताउनुभयो ।

हरेक वर्ष सुरुवातमा लामो समय लगाउने र अन्तिम समयमा मात्रै खर्च बढ्ने गरेको छ ।

तर यस वर्ष कोभिडको महामारीको बाहानामा आयोजना कार्यान्वयनमा समस्या आएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयले पहिलो चौमासिकमा विभिन्न विकासे मन्त्रालयलाई चालु आर्थिक वर्षको कार्यक्रम पुरा गर्न समयमै बजेट सक्न तथा कार्यविधि बनाउन निर्देशन दिने तथा सहजीकरणको काम गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्