Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


उच्च उचाइमा तेक्वान्दोको प्रशिक्षण केन्द्र स्थापना गरिने


0
Shares

काठमाडौं, साउन १४ । नेपाल तेक्वान्दो संघले उच्च उचाइमा प्रशिक्षण केन्द्रको स्थापना गर्ने भएको छ ।

संघले उच्च स्थानमा प्रशिक्षण लिएका खेलाडीको ऊर्जाशक्ति औसत खेलाडीकोभन्दा बढी हुने भएकाले यस्तो प्रशिक्षण दिलाउन केन्द्रको स्थापना गर्न लागेको बताएको छ ।

संघका महासचिव दीपराज गुरुङले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रशिक्षण केन्द्रका लागि दोलखाको शैलुङ क्षेत्रलाई रोजिएको जानकारी दिए ।

उनले शैलुङ गाउँपालिकालाई जग्गा उपलब्ध गराउन आग्रह गरिएकोसमेत जानकारी दिए ।

यो प्रशिक्षण केन्द्र शैलुङमा स्थापना भए खेल पर्यटनले सो रमणीयस्थलको विकासमा ठूलो टेवासमेत पुग्ने विश्वास लिइएको छ ।

तेक्वान्दो संघले सो केन्द्रमा खेलाडीहरुको अस्थायी बसोबासकोसमेत व्यवस्था गरिने जनाएको छ ।

जग्गा उपलब्ध भएमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको पनि संघले जनाएको छ ।