Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


साफ यु–१५ च्याम्पियनसिपः नेपालको पहिलो भिडन्त आयोजक भारतसित


0
Shares

काठमाडौं, साउन १४ । आउँदो भदौ ४ गतेदेखि भारतको कल्याणीमा आयोजना हुने १५ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले आयोजक भारतसित खेल्नेछ ।

नेपालले दोस्रो खेलमा भदौ ६ गते श्रीलंकासित, तेस्रो खेलमा भदौ १० गते साविक विजेता बंगलादेशसित र समूहको अन्तिम खेलमा भदौ १२ गते भुटानसित खेल्नेछ ।

दक्षिण एसियाका पाँच टिमले सहभागिता जनाउने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

गत संस्करणको आयोजना नेपालले गरेकामा घरेलु मैदानमा चौथो भएको थियो ।