संसद अधिवेशन शुरु गर्न तयार छौं, विकल्पहरुमाथि छलफल भएको छः सभामुख सापकोटा « Image Khabar


संसद अधिवेशन शुरु गर्न तयार छौं, विकल्पहरुमाथि छलफल भएको छः सभामुख सापकोटा


Imagekhabar
८ मंसिर २०७७, सोमबार १४:५४

speaker sapkota

काठमाडौं, मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।

सांसद मोहन पाण्डेलाई शपथ दिलाएलगत्तै संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताउनुभयो ।

सकेसम्म चाँडो संसद बैठक राख्नका छलफल भइरहेको विकल्पहरुको खोजी भइरहेको पनि उहाँको भनाइ थियो ।

सभामुख सापकोटाले आउँदो अधिवेशनमा सरकारले पेश गर्ने अध्यादेशमाथि छलफल हुने पनि बताउनुभयो ।

बजेट पारित गरेपछि एकाएक सरकारले बन्द गरेको संसद अधिवेशन अहिलेसम्म आह्वान नगरिएकामा विभिन्न पक्षबाट ध्यानाकर्षण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्