१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


चितवनका मजदुर संगठन आन्दोलित


0
Shares

चितवन, साउन ३ । भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि राजमार्ग र मुख्य बजार क्षेत्रमा अटो र इ–रिक्सा चलाउन रोक लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका छन् ।

बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी मजदुर संगठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले तीनपांग्रे सवारी–साधनका इजाजतपत्र बन्द गर्नुपर्ने, मुख्य राजमार्गको किनाराको एक लेन तीनपांग्रे सवारी–साधनका लागि दिनुपर्ने र बजारका विभिन्न स्थानहरुमा पार्किङको व्यवस्था मिलाउनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सुमन भुजेलले तीनपांग्रे सवारीलाई निषेध गर्ने महानगरको निर्णयविरुद्ध कडारुपमा आन्दोलनमा उत्रिने बताए ।

उनले तीनपांग्रे सवारी सन्चालनमा ल्याउने र स्थानीय सरकारबाट हस्तक्षेप हुन गएमा केन्द्र सरकारबाट अनुमति लिइ सन्चालन गरेको तीनपांग्रे सबै सवारी केन्द्र सरकारलाई नै जिम्मा लगाइदिने बताए ।