अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु • Image Khabar Image Khabar


अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु


Imagekhabar
७ मंसिर २०७७, आईतवार ०६:५०

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु

बाँके । प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभावी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३ वनकटवामा अहिले त्रास बढेको छ ।

‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ’ प्रहरी हिरासतमा रहेका २१ बर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि विनाकारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरुको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तछाडमछाड गरिरहेका थिए ।

उनीहरुले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ’, ललिताले भनिन ।

वनकटवाका १० बर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकीमा रुवाबासी चल्यो ।

हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरुले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्