बिपी प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु • Image Khabar Image Khabar


बिपी प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु


रासस
५ मंसिर २०७७, शुक्रबार १९:३०

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

सप्तरी, मंसिर ५ । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

निमोनियासम्वन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी जेष्ठ नागरिक महिलाको बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्