Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


लियोंद्वारा आर्सनल पराजित, नापोलीले लिभरपुललाई हरायो


0
Shares

काठमाडौं । प्रि–सिजनको इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोंले इङ्ल्यान्डको आर्सनललाई पराजित गरेको छ ।

गएराति भएको खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए ।

तर दोस्रो हाफमा लियोंका मौसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई विजयी गराए ।

यो खेलमा आर्सनलका खेलाडीहरु मेसुत ओजिल र सिड कोलासिनाच खेलेका थिएनन् ।

दुई दिनअघि मात्रै कार लुटेराहरुसँग मुठभेड भएका खेलाडीहरु खेलका लागि पूर्ण रुपले तयार नभएको प्रशिक्षक युनाई एम्रेले बताएका छन् ।

उता मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा चेल्सीले रिडिङलाई ४–३ ले हराएको छ ।

च्याम्पियनसिप क्लब रिडिङ विरुद्धको खेलमा प्रिमियर क्लब चेल्सीलाई विजयी गराउन मेसन माउण्टले दुई गोल गरे ।

गएराति भएको अर्को खेमला ईटालीको नापोलीले इङ्ल्यान्डको लिभरपुललाई ३–० ले हरायो ।

नापोलीको प्रभावशाली जितमा इन्सीग्ने, मिलिक र योनुसको एक–एक गोल सामेल थियो ।

गएराति नै भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा पोर्चुगलको बेनिफिकाले इटालीको एसी मिलानलाई १–० ले हराएको छ ।