काठमाडौं-सिमरा हवाइ भाडा ५० प्रतिशतले घट्यो • Image Khabar Image Khabar


काठमाडौं-सिमरा हवाइ भाडा ५० प्रतिशतले घट्यो


Imagekhabar
५ मंसिर २०७७, शुक्रबार १४:५५

काठमाडौं-सिमरा हवाइ भाडा ५० प्रतिशतले घट्यो

बारा, मंसिर ५ । एउटै कम्पनीको मात्र उडान भरीरहेको सिमरा बिमास्थलमा विभिन्न एयरलाईन्सले सेवा बिस्तार गरे पछि भाडादर ५० प्रतिशत सस्तो भएको छ ।

एयरलाईन्स कम्पनी बीचको प्रतिस्पर्धाका कारण भाडादर सस्तो भए पछि सर्वसधारणले साना तथा भाडाका सवारी छाडेर बिमानको यात्रा गर्न थालेकाछन् ।

दैनीक ५ सय बढि यात्रु ओहरदोहर गर्ने बिमानस्थलमा बुद्ध एयर, श्री र यति एयरलाईन्सले यात्रुलाई सेवा दिदै आएका छन् ।

हाल सिमरा–काठमाडौ १५ सय रुपैया भाडा रहेको छ ।

चाडबाडमा भने दुई हजार रुपैयाँ थियो ।

चाडबाड अगाडि सिमरा काठमाडौं एकतर्फी भाडा ३ हजार २ सय ५० रुपैयाँ रहेको थियो ।

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले बिमान भाडा सस्तो हँुदा पर्यटन व्यवसाय लगायतका सबै क्षेत्रमा उत्साह बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्