
काठमाडौं । अभिनेता सलमान खानले बिग बोसको सुटिङ केही क्षण रोकेर आफ्नो कोरोनाको नमुनाका लागि स्वाब परीक्षण गराउनुभएको छ ।
केही मिडियामा अभिनेता सलमानको कोरोना रिपोर्ट पोजेटिभ आएको समाचार आएसँगैं उहाँले कोरोना परीक्षण गर्नुपरेको हो । उहाँ यस्तो हल्लाले तनावमा हुनुहुन्थ्यो ।
उहाँसँग जोडिएका ड्राइभर र घरका कामदारसहित केही व्यक्तिमा कोरोना देखिएपछि उहाँ पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुपरेको थियो ।
सोही आधारमा उहाँलाई पोजेटिभ हुनसक्ने भन्ने समाचार आएको थियो । यी समाचार सामाजिक सञ्जालमा सलमानलाई पोजेटिभ भएको भन्ने हिसाबले अँएपछि उहाँका शुभचिन्तकसमेत चिन्तित थिए ।
जसका कारण सलमानले कोरोना परीक्षण गराउनुपरेको थियो । उहाँको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसागैं सलमान काममा फर्किनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्