दक्षिण कोरियाद्वारा हवाई ट्याक्सीको परीक्षण • Image Khabar Image Khabar


दक्षिण कोरियाद्वारा हवाई ट्याक्सीको परीक्षण


Imagekhabar
४ मंसिर २०७७, बिहीबार ११:०३

दक्षिण कोरियाद्वारा हवाई ट्याक्सीको परीक्षण

काठमाडौं । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ ।

ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम EH216S दिइएको छ ।

उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।

ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो ।

यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्