काठमाडौं । काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनौटको अन्तिम खेलमा आज नेपाल र सिंगापुर भिडिरहेका छन् ।
खेलमा सिंगापुरले टस जितेर पहिले व्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।
समूहमा एक खेल मात्रै बाँकी छँदा ५ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ भने ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।
आजको खेल जित्ने टोली एसियाबाट ग्लोबल छनोटमा पुग्नेछ । यही अक्टोबर र नोभेम्बर महिनामा युएईमा हुने ग्लोबल छनौटमा १४ देशले सहभागिता जनाउनेछन् ।
उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोलीहरु अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन् ।








प्रतिक्रिया दिनुहोस्