
जुम्ला, सुर्खेत, साउन ३ । डा. गोविन्द केसीले जबसम्म आफ्नो माग पूरा हुँदैन, तबसम्म जहाँ लगेपनि आन्दोलन जारी रहने बताएका छन् ।
बिहीबार जुम्लाबाट काठमाडौं लैजानुअघि जुम्लावासीलाई धन्यवाद दिनेक्रममा डा. केसीले माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए ।
यता, सुर्खेत विमानस्थलमा सन्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा.केसीकै आग्रहमा काठमाडौं लगिएको दाबी गरे ।
डा. केसीलाई जुम्लाबाट सुर्खेत हुँदै नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहीबार साँझ काठमाडौं लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्