ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च • Image Khabar Image Khabar


ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च


Imagekhabar
२८ कार्तिक २०७७, शुक्रबार १२:२०

ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष बुङ बनाएर रोपिएको आलुको मूल्य हालसम्मकै उच्च भएको छ ।

अघिल्लो वर्ष ५० रुपैयाँ प्रतिकेजी किनबेच भएको आलु यसवर्ष १ सय २० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

बुङको आलुमा रोग लागेर कम फलेपछि आलुको मूल्य ह्वात्तै बढेको हो । गएको माघदेखि चैतसम्म आलु रोप्ने बेलामा पटक पटक हिउँ परेको र चैतपछि निरन्तर पानी परेकाले आलुमा डडुवा रोग लागेको किसानहरु बताउँछन् ।

हिउँ र पानीका कारण किसानले यस वर्ष भनेजति क्षेत्रमा आलु लगाउनसमेत पाएका थिएनन् ।

जिल्लाको २ हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा उत्पादन हुने बुङको आलु कम फलेपछि माग अनुसारको आलु स्थानीय बजारमा पाइन छाडेको छ ।

जिल्लामा बुङको आलु खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर– ६, ७, ८ र ९, मोलुङ गाउँपालिकाको वडा नम्बर–६, ७ र ८, सिद्धिचरण नगरपालिकाको वडा नम्बर–५, ६ र ७ तथा चिशंखुगढी गाउँपालिकाको २ हजार मिटरभन्दा माथिका क्षेत्रमा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्