४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


नक्कली ‘लाइसेन्स’ बनाउने दुईजना फन्दामा


0
Shares

बारा, साउन ९ । इलाका प्रहरी कार्यालय सिमराले नक्कली सवारीचालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दीपक अर्याल र वीरगन्ज महानगरपालिका–१४ का ४७ वर्षीय दीपक ठाकुर छन् ।

नक्कली ‘लाइसेन्स’ बनाएर ठगी गर्ने गरेको उजुरी परेपछि प्रहरीले अर्याललाई जीतपुरबाट पक्राउ गरेको हो ।

अर्याल पक्राउ परेपछि उनकै बयानका आधारमा ठाकुरलाई वीरगन्जबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार सिमरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।

अर्यालले ‘हेभी लाइसेन्स’का लागि ५० हजार र ‘लाइट लाइसेन्स’का लागि १० देखि २० हजार रुपैयाँ असुल्ने गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

पक्राउ परेकाहरुको बयानका आधारमा गिरोहमा संलग्न अरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।