११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


‘पूर्वाधार विकासमा इन्जिनियरहरु प्रत्यक्ष संलग्न रहेपनि राज्यले सहयोग गरेन’


0
Shares

काठमाडौं, साउन ३ । राष्ट्रको पूर्वाधार विकासमा जोडिएका इन्जिनियरहरुका लागि सरकारले उचित वातावरण तयार गर्न नसकेको गुनासो इन्जिनियरहरुले गरेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको बिहीबार राजधानीमा आयोजित ५६औं वार्षिकोत्सवमा सहभागी इन्जिनियरहरुले पूर्वाधार विकासमा इन्जिनियरहरु प्रत्यक्ष संलग्न रहेपनि राज्यले सहयोग नगरेको भन्दै दुःख व्यक्त गरे ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको संरचना पुनःनिर्माणका लागि एसोसिएसनले ३ हजार ५०० इन्जिनियर परिचालन गरी आफ्नो दायित्व पूरा गरेको बताए ।

उनले भूकम्मप्रभावित क्षेत्रका नागरिकलाई मनावैज्ञानिक र प्राविधिक सल्लाह दिइ उनीहरुलाई घरभित्र लैजाने वातावरण बनाउन एसोसिएसन सफल रहेको दाबी गरे ।

श्रेष्ठले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा अझैपनि इन्जिनियरहरु अहोरात्र खटिँदै आइरहेको बताए ।

कार्यक्रममा पुनःनिर्माणमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका इन्जिनियरहरुलाई सम्मान गरिएको थियो ।