२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


ब्राउन सुगरसहित चार जना पक्राउ


0
Shares

झापा । झापामा प्रहरीले लागू औषध ब्राउन सुगरसहित गएराति चार जनालाई बिर्तामोडबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोहनकुमार ओली, दयालाल राजवंशी, संजय कुमार राजवंशी र अरुण कुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका–२ फूलवारी टोलस्थित मोहनको घरमा लागू औषधको कारोवार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको बताइएको छ ।