प्रदेश १ मा एकैदिन १६ जनाको मृत्यु • Image Khabar Image Khabar


प्रदेश १ मा एकैदिन १६ जनाको मृत्यु


Imagekhabar
२५ कार्तिक २०७७, मंगलवार १७:०९

प्रदेश १ मा एकैदिन १६ जनाको मृत्यु

विराटनगर, कात्तिक २५ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

प्रदेश १ को सामाजिक बिकास मन्त्रालयको तथ्याङक संकलन सचिवालयका संयोजक डा. रविन्द्र निरौलाका अनुसार प्रदेश १ का विभिन्न अस्पतालमा उपचार गराई रहेका १२ जना र झापा र धनकुटामा होम आईसोलेसनमा रहेका ४ जनाको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा ५, विराट नर्सिङ होममा १, न्युरो अस्पतालमा १ जना , कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै झापामा होम आईसोसनमा बसेका ३ जनाको मृत्यु भएको छ ।

धनकुटामा पनि होम आईसोलेसनमा बसेका १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाका अजर्नुधारा नगरपालिका, भद्रपुर नगरपालिका , कचनवल गाउँपालिका र धनकुटा नगरपालिकाका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्