११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


शैैक्षिक माफिया नियन्त्रण नगरेसम्म सर्वशुलभ शिक्षा असम्भवः डा.महत


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले शैक्षिक माफियाका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन् ।

सरकारको शिक्षा नीति बिषयक नेपाल विद्यार्थी संघले आज काठमाडौमा गरेको कार्यक्रममा डा. महतले शैक्षिक माफिया नियन्त्रण नगरेसम्म सर्वशुलभ शिक्षा असम्भव रहेको बताए ।

उनले  शैक्षिक माफियाका कारण सबैले पढ्न पाउने वातावरण नभएको भन्दै सरकारलाई शैक्षिक क्षेत्रको निगारानी बढाउन आग्रह गरे ।

सर्वसाधारणले निजी विद्यालय र क्याम्पसमा छोराछोरीलाई पढाउन सक्ने वातावरण नभएको भन्दै शिक्षा क्षेत्रमा बढ्दो अराजकता अन्त्य गर्नु पर्नेमा उनले जोड दिए । 

नेबिसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले निजी क्षेत्रमा भएको शुःल्क बृद्धि नियन्त्रण गर्नु पर्नेमा जोड दिए । उनले  सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे ।

कार्यक्रममा शिक्षाविद् डा.विद्यानाथ कोइराला, डा.सुरेन्द्र केसीलगायतले बढ्दो शुःल्क बृद्धिको विरोध गरे ।

नेविसंघका नेताहरुले भने शुःल्क बृद्धि स–सम्मान नियन्त्रण नगरे आन्दोलबाट घटाउने चेतावनी दिएका छन् ।