
काठमाडौं । संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को नयाँ कार्यकालका लागि अधिकारकर्मी वन्दना राणा निर्वाचित हुनुभएको छ ।
राणा नयाँ कार्यकाल २०२१–२०२४ सम्मका लागि निर्वाचित हुनुभएको हो । विश्वका १८९ राष्ट्रले अनुमोदन गरिसकेको ‘सिड’को यो कार्यसमिति निर्वाचनमा वन्दनाले १ सय ३७ मत पाउनुभएको थियो ।
११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन् ।
सिडको अहिलेको कार्यसमितिमा पनि राणा सदस्य हुनुहुन्छ । सिड’को २१ औं बैठकले राणालाई निर्वाचित गरेको हो ।
सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक–अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ ।
नेपालको छाउपडी प्रथा, महिला हिंसा र विभेदका घटनाहरुले राष्ट्रसंघीय मञ्चमा समेत बहसका लागि यही ‘सिड’ मार्फत स्थान पाउने गरेका छन् ।
नेपालका तर्फबाट निर्वाचित भए पनि राणाले राष्ट्रसंघीय समितिमा स्वतन्त्र विज्ञका रुपमा काम गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्