काठमाडौं । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल खेलमा चेल्सीले बार्सिलोनालाई हराएको छ । गएराति भएको खेलमा इङ्लिस क्लब चेल्सी २–१ ले विजयी भयो ।
चेल्सीका लागि ट्यामी अब्राहम र रोस बार्क्लेले एक–एक गोल गरे ।
बार्साका इभाँ राकिटिचले एक गोल फर्काए । स्टार खेलाडी एन्टोनियो ग्रिजमनलाई सुरुवाती एघारमा राखेको बार्सिलोना पराजित भएको हो ।
उता अन्तर्राष्ट्रिय च्याम्पियन्स कपको खेलमा स्पेनको रियाल मड्रिडले इङ्ल्यान्डको आर्सनललाई पराजित गरेको छ ।
खेलमा रियाल मड्रिड टाई ब्रेकरमा ३–२ ले विजयी भयो । यसअघि निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएको थियो ।
आर्सनलका अलेक्जेण्डर लाकाजेट् र औबामायङ्गले एक एक गोल गर्दा रियाल मड्रिडका ग्यारेथ बेल र मार्को एसेन्सियोले एक एक गोल फर्काए ।
यो खेलको १० मिनेटमै रियाल मड्रिडका नाचो फर्नान्डेज तथा ४० औं मिनेटमा आर्सनलका पापास्थोप्लसले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए ।








प्रतिक्रिया दिनुहोस्