‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन • Image Khabar Image Khabar


‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन


इमेजखबर
२४ कार्तिक २०७७, सोमबार १४:२१

‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

काठमाडौं, कात्तिक २४ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।

मन्त्रिपरिषद् बैठकले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो ।

तर, बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ अवलम्बन गरेको राज्य प्रणाली भएकाले सरकारले नामबारेमात्र निर्णय गरेको जिकिर गर्नुभयो ।

मन्त्रीले स्पष्टीकरण दिइसकेपछि पनि समितिले सरकारलाई निर्देशन दिएको भन्दै समितिमा रहेका सत्तारुढ दल नेकपाका केही सांसदले भने फरक मत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्