
काठमाडौं, कात्तिक २३ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।
उतारचढाव बिच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १६ सय ४८ पुग्यो ।
कारोबार ३ अर्ब माथी रह्यो । यसदिन सबैजसो समुह उकालो लागेसँगै नेप्सेमा पनि दोहोरो अंकको सुधार आयो ।
यस दिन उत्पादनमुलक समुह सबैभन्दा उच्च १ सय २६ अंकले उकालो लाग्दा जीवन बिमा, व्यापार, होटल, जलविद्युत, अन्य र निर्जिवन बिमा समुह दोहोरो अंकले उकालो लागे ।
विकास बैंक र वाणिज्य बैंक समुह सामान्य अंकले ओरोलो लाग्यो । यसदिन १ सय १४ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको शेयर मुल्य घट्यो ।
हिमालयन डिष्टिलरी लिमिटेडले सबैभन्दा बढि कमाउँदा नेपाल फाईनान्स लिमिटेडले सबैभन्दा बढि गुमायो ।
यसदिन १ सय ९८ कम्पनीको १० करोड ८६ लाख कित्ता शेयर ३ अर्ब ५२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्