उपत्यकामा १५३३ सहित २८१७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु • Image Khabar Image Khabar


उपत्यकामा १५३३ सहित २८१७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु


Imagekhabar
२३ कार्तिक २०७७, आईतवार १६:४०

उपत्यकामा १५३३ सहित २८१७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

२४ घण्टामा १२,३११ जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५७९२६ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्