१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कामदार भिसामा जापान पठाउने सम्झौता अलपत्र, अब नयाँ मोडलमा पठाउने तयारी


0
Shares

काठमाडौं । कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ ।
विगत तीन बर्षअघि जापानका लागि कामदार भिसामा नेपाली पठाउने दुई पक्षीय सम्झौता भएको थियो ।

सो सम्झौता हालसम्म कार्यान्वयनमा आउन नसकेका कारण अहिले सरकार पुनःनयाँ मोडलमा पठाउने तयारीमा जुटेको छ ।

जसका लागि श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले हाल पुनः नयाँ मोडलमा नेपाली कामदार पठाउने विषयमा छलफल गरिरहेको छ ।

श्रम मन्त्रालयका सचिब तोयम रायले आगामी एकसाता भित्रमा कामदार पठाउने नयाँ मोडलबारे टुंगो लगाउने गरी गृहकार्य थालिएको छ ।

नयाँ मोडलअनुसार एजेन्टले जापानी कम्पनीबाट ‘डिमान्ड’ ल्याउने र प्रमाणीकरणको कामसमेत गर्नेछ ।

जापानस्थित दूताबासका कर्मचारीले मात्र सबै काम नभ्याउने भएकाले सहयोगीका रुपमा एजेन्ट राख्ने तयारी भएको उनले जानकारी दिए ।

यस विषयमा सहमति भएमा सन् २०२० भित्रै केही नेपाली कामदार जापान जान पाउनेछन् । तर, अहिलेसम्म जापानले कति कामदार लिने भनेर यकिन तथ्यांक नदिएकै कारण जापानी भाषा परीक्षा उत्तीर्ण गरेका करिब तीनसय जना विद्यार्थी पठाउन समस्या भएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट