Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कतारसँग नेपाल चार विकेटले पराजित


0
Shares

काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ ।

मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कतारले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १२४ रन बनाएको हो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । त्यस्तै कमरान खानले २२, मुहम्मद तनवीरले ११ र जहिर इब्राबिहमले १२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन र करन केसीले एक विकेट लिए ।

यस अघि ब्याटिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाएका थिए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।

कतारका लागि इकबाल हुसैनले तीन विकेट लिए । त्यस्तै नोउमन सरवार र तमोर सज्जादले २–२ विकेट लिए ।