
चितवन, कात्तिक २१ । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर बराबरको कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
शुक्रबार सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख रेणु दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार भरतपुर महानगरअन्तर्गत् रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताउनुभयो ।
यसअघि, भरतपुर महानगरपालिकालाई चीनको गुर्मु सिटीले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगिनीसम्बन्ध कायम भएको छ ।
गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुपैयाँ बराबरको सर्जिकल मास्क १० हजार थान, एन ९५ मास्क ९६० थान, पीपीई १२० थान र थर्मल गन १२० थानलगायतका सामग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको थियो ।
यसैगरी, चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से सहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्