२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्से अढाइ अंक बराबरले सकारात्मक


0
Shares

काठमाडौं, साउन ६ । सोमबार सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से अढाइ अंक बराबरले सकारात्मक रहेर १२ सय ७१ कायम भयो ।

बिमा र सामाजिक सुरक्षा कोष समूह रातो रहेबाहेक अरु समूह हरियो रहे ।

होटल समूह दोहोरो अंकले बढ्दा अरु भने सामान्य अंकले सकारात्मक रहेका हुन् । निर्जीवन बिमा समूह २१ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १० लाख ८५ हजार कित्ता बराबर सेयर जम्मा ३१ करोड ६६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।