Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान


0
Shares

काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गर्नुभएको छ ।

बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधिसहित खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरतास्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको सेनाले जनाएको छ ।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको उपस्थिति रहेको थियो ।