पूर्वमन्त्री मन्सुरलाई कोरोना पुष्टि • Image Khabar Image Khabar


पूर्वमन्त्री मन्सुरलाई कोरोना पुष्टि


रासस
१९ कार्तिक २०७७, बुधबार २०:१८

पूर्वमन्त्री मन्सुरलाई कोरोना पुष्टि

कलैया, कात्तिक १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

उहाँलाई हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताउनुभयो ।

उहाँको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्