१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


डा. केसीको स्वास्थ्य गडवडी भएमा सरकार जिम्मेवार हुनेछैनः शिक्षामन्त्री


0
Shares

काठमाडौं । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा कुनै गड्बडी भएमा स्वंय डाक्टर केसी र उन्लाई जुम्ला पुर्‍याउनेले नै जिम्मेवारी लिनु पर्ने बताएका छन् ।

बिहीबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कुनै जिम्मेवारी नलिने प्रष्ट पारेका हुन ।

केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले र उनको जिवन रक्षकालागि सरकारले केसीलाई लिन जुम्ला हेलीकोप्टर पठाई सकेको जानकारी दिदै आउन नमाने त्यसको जिम्मेवारी केसी पक्षधर हुने दाबी गरे ।

बिधेयक फिर्ता नलिएसम्म काठमाडौ नआउने र अनशन पनि नतोड्ने अडान केसीको यथावत छ ।

मन्त्री पोखरेलले केसीलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याउने र वार्ता प्रकृयालाई पनि संगै अगाडि बढाउने सरकारको तयारी रहेको जानकारी दिए । 

उनले डाक्टर केसी पक्षधर वार्ता टोली गम्भिर नभएको भन्दै बाहिर वार्ता गरेर बिधेयक फिर्ता नहुने र संसदको बिधि र प्रकृयाबाट अगाडि बढ्ने बताए ।

कसैले धम्क्याउदैमा संसद्को प्रकृयामा भएको बिधेयक कुनै हालतमा फिर्ता नहुने उनको भनाई थियो ।

सरकारले माथेमा कार्यदलले बुझाएको प्रतिवेदनको मुल मुद्धा र भावना अनुसार नै बिधेयक पेश गरीएको, कतिपय सुझाव र नमिलेका कुरालाई ऐनमा राख्न सकिने उनको भनाई छ ।

उनले विधेयक फिर्ता लिने कुरा सरकारलाई मान्य नहुने भन्दै केसी पक्षधरले आफ्नो अडान नछाडेपछि वार्ता नमिलेको पनि बताए ।

मन्त्री पोखरेलले अनशन बस्नु र स्वास्थ्य संस्था बन्द गर्न आवश्यक नभएको भन्दै सबै सरकारी अस्पताललाई जनताको स्वास्थ्यमा प्रभाव पार्ने काम नगर्न निर्देशन दिई सकेको बताए ।

मन्त्री पोखरेलले शिक्षण अस्पतालमा डाक्टर केसीलाई ल्याएर उपचार गर्ने प्रष्ट पारे ।

तर, पुनः शिक्षण अस्पताललाई अनशनस्थल बनाउने भन्ने होइन उनको भनाई थियो । मन्त्री पोखरेलले अघिल्लो सरकारले पेश गरेको बिधेयकमा सबैको सहमति नभएको पनि प्रष्ट पारे ।