८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन गएको सरकारी टोलीलाई स्थानीयको अवरोध


0
Shares

काठमाडौं, साउन ३ । जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन गएको सरकारी टोलीलाई स्थानीयले अवरोध गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा अनशनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउनका लागि बिहीबार हेलिकोप्टर लिएर गएको सरकारी टोलीलाई स्थानीयले डा. केसी रहेको कक्षमा प्रवेश गर्न दिएका छैनन् । केसी रहेको कक्षमा पुग्ने बाटो, भर्‍याङलगायतमा मानव साङ्लो बनाएर स्थानीय युवायुवती बसेका छन् ।

उनीहरुले डा. केसीलाई जबर्जस्ती लैजान नपाइने भन्दै अवरोध गरेका हुन् । डा. केसीले पनि बिहीबार बिहानै आफूलाई जबर्जस्ती सरकारले काठमाडौं लैजान खोजे नराम्रो परिणाम आउने चेतावनी दिएका थिए ।