२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अमेरिकाका केही राज्यहरुमा मतगणना सुरु, सुरुवाती मत परिणाममा राष्ट्रपति ट्रम्पलाई अग्रता


0
Shares

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि केही राज्यहरुमा मतगणना सुरु भएको छ । केही राज्न्यहरुमा भने अझैपनि मतदान जारी छ ।

सुरुवाती मत परिणाममा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लीकन पार्टीले अग्रता लिएको छ । इण्डीयाना राज्यका ट्रम्प विजयी हुनुभएको छ भने भर्मन्ट राज्यमा डेमोक्रेट उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ ।

अहिलेसम्म ट्रम्पले ११ इलेक्ब्टोर भोट पाउनुभएको छ भने बाइडेनले ३ भोट पाउनुभएको छ । कुल ५ सय ३८ इलोक्टोरल भोटमध्ये राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० सिट आवश्यक पर्दछ ।

पछिल्लो शताब्दीकै सबैभन्दा बढी मतदाताले मत खसालेको यो निर्वाचनलाई दशक यताकै सबैभन्दा विभाजित चुनावको रुपमा समेत हेरिएको छ ।

यस पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् । ७४ वर्षका ट्रम्प पराजित भएमा दोस्रो कार्यकाल नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् ।

त्यसबेला जर्ज बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए । त्यसपछिका राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाले दुई दुई कार्यकाल बिताएका छन् । एजेन्सी