१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चामलको मूल्य प्रतिक्विन्टल २० हजार रुपैंयाँ !


0
Shares

रुकुम पश्चिम । सरकारी ढुवानी अनुदानको चामल दुई बर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महंगी अचाक्ली बढेको छ ।

माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैंयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।

स्थानीय उत्पादनले ६ महिना पनि नधान्दा डोल्पालीको भान्सा महंगिएको हो । अनुदानको सरकारी चामल नपुगेपछि प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैंयाँसम्म किनिरहेको डोल्पाबुद्धका पेमा गुरुङले बताए ।

सडक संजालमा नजोडिएको तीनवटै गाउँपालिकामा खाद्यान्न महंगो भएको हो । यहाँ खच्चडबाट मात्रै दैनिक उपभोग्य सामाग्री ढुवानी गरिन्छ । कान्तिपुर दैनिकबाट