१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


प्रस्तावित राजदूतहरु खतिवडा र रेग्मीविरुद्ध परेका चार उजुरीमाथि आज छलफल हुँदै


0
Shares

काठमाडौं । सरकारले प्रस्ताव गरेका तीन जना राजदूतविरुद्ध परेका उजुरीमाथि आज संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुने भएको छ ।

प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार वटा उजुरी परेको समितिले जनाएको छ ।

ती उजुरीमाथि आज तय गरिएको बैठकमा छलफल हुने भएको हो । यसअघि समितिले तीन जना राजदूतविरुद्धका उजुरीकर्तालाई समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो ।

उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए । प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन्् भने एक उजुरी रेग्मीविरुद्धको छ ।