औद्योगिक क्षेत्रको विकास नगरेसम्म देशको विकास हुदैन : मन्त्री भट्ट • Image Khabar Image Khabar


औद्योगिक क्षेत्रको विकास नगरेसम्म देशको विकास हुदैन : मन्त्री भट्ट


Imagekhabar
१६ कार्तिक २०७७, आईतवार १५:३३

औद्योगिक क्षेत्रको विकास नगरेसम्म देशको विकास हुदैन : मन्त्री भट्ट

कञ्चनपुर, कात्तिक १६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भटट्ले औद्योगिक क्षेत्रको विकास नगरेसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ ।

आइतबार कञ्चनपुरको महाकाली नगरपालिकाको मायापुरी सामुदायिक वनमा आयोजित कार्यक्रममा उहाँले आधुनिक औद्योगिकरणतर्फ उन्मुख भै रोजगारी सृजना गरेमात्रै देशले काँचुली फेर्ने बताउनुभयो ।

महाकाली नगरपालिकामा प्रस्तावित सुख्खाबन्दरगाह क्षेत्रको प्राविधिक अध्ययनका क्रममा मन्त्रालयको टोलीसहित पुग्नुभएका मन्त्री भट्टले स्थानीयको सहयोगकोलागि आग्रह पनि गर्नुभयो ।

सुख्खाबन्दरगाह र अन्तरदेशीय आर्थिक क्षेत्र निमार्णका लागि ९ सय देखि १ हजार विघा जमिन प्राप्त भएकाले प्राविधिक टोलीले महाकाली नगरपालिकाको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रलाई प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्