
पोखरा, साउन ४ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकार अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषद्को पोखरामा उद्घाटन गर्दै उनले सरकारले ल्याएका विधेयकहरुसमेत अधिनायकवादतर्फ केन्द्रित रहेको टिप्पणी गरे ।
नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारी र फलफूलबाट उदांगिएको दाबी गरे ।
उनले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूह राष्ट्रियतालाई कमजोर बनाउने खेलमा लागेको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस्