
काठमाडौं, साउन ४ । नेकपा मालेसहित ९ साना दलले सरकारले जनभावनाविपरीत काम गरेको आरोप लगाएका छन् ।
९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलन समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको विरोधपत्रबारे जानकारी दिँदै सरकारको क्रियाकलापप्रति असन्तुष्टि पोखेका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा मालेका महासचिव सीपी मैनालीले दुईतिहाइ बहुमतको सरकारले चुनावको बेला जनतासामु गरेका बाचा पूरा गर्न नसकेको आरोप लगाए ।
नेपाललाई द्वन्द्वको परीक्षणस्थल बनाउन खोजेको खतरा औंल्याउँदै उनले राज्यप्रमुख नै यसप्रति संवेदनशील बन्न नसकेको आरोप लगाए ।
संयुक्त राष्ट्रिय आन्दोलन समितिले शुक्रबार प्रधानमन्त्री ओलीलाई विभिन्न माग राखी विरोधपत्र बुझाएको थियो । सो विरोधपत्र शनिबार सार्वजनिक गरिएको हो ।
नेकपा माले, नेपाली कांग्रेस बीपी, नेपाल समाजवादी कांग्रेसलगायत ९ पार्टी सम्मिलित उक्त समितिले विरोधपत्र बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस्