२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मेलिना र सुमन राईको गीतमा दयाहाङ र बिमलाको जीवन्त अभिनय


65
Shares

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको शब्द संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको छ ।

गीतले आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ ।

जसमा लोकप्रिय अभिनेता दयाहाङ राई र बिमला खजुमको जीवन्त अभिनय देख्न सकिन्छ ।

किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । भिडियो टुभेल नोट्स मार्फत बजारमा ल्याइएको हो ।

भिडियो